तीन सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूलाई कारबाही गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले तीन वटा सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का उच्च पदस्थ कर्मचारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । गत २३ र २४ भदौ भएको जेनजी आन्दोलनबारे छानबिन गरेको आयोग तीन वटा सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूलाई कारबाही गर्न सिफारिस गरेको हो । आयोगले बुधवार सार्वजनिक गरेको निष्कर्ष खण्डको २९ पृष्ठ लामो प्रतिवेदनमा तीन सुरक्षा निकायका सुरक्षाकर्मीहरूको कमी-कमजोरी औँल्याउँदै कारबाही सिफारिस गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›