कंगोमा नेपाल प्रवर्द्धन साँझ
▸ यस स्टोरीको अंश: कंगोमा नेपाल प्रमोसन साँझ: व्यापार, पर्यटन र लगानीका अवसरमा छलफल
नेपाल प्रमोसन ईभेनिङ फितरिङ ट्रेड, टुरिजम एन्ड इनभेस्टमेन्ट अपर्चुनिटिज कार्यक्रमअन्तर्गत विभिन्न महत्वपूर्ण कूटनीतिक, व्यावसायिक तथा औपचारिक भेटघाट सम्पन्न भएको छ । नेपाल सरकारको दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास (प्रजातान्त्रिक गणतन्त्र कंगोका लागि समेत समवर्ती मान्यता प्राप्त) तथा एनआरएनए एलसीसी कंगोको संयुक्त आयोजनामा १५ देखि १९ मेसम्म लुबुम्बाशी तथा किन्शासामा सम्पन्न भएको हो । एनआरएनए एलसीसी कंगोका अध्यक्ष विष्णु गिरीका अनुसार कार्यक्रमका क्रममा कार्यवाहक राजदूत रमेश कुमार चम्राकारले प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित विभिन्न सरकारी उच्च पदाधिकारी, माइनिङ कम्पनीहरूको भ्रमण गर्नुका साथै सम्बन्धित कम्पनीका प्रमुख तथा उच्च व्यवस्थापनसँग औपचारिक भेटवार्ता गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›