कालिकोटमा ७० अर्ब लागतको ४२० मेगावाट जलविद्युत् उत्पादन हुँदै
कर्णाली प्रदेशको कालिकोट जिल्लामा ४२० मेगावाट क्षमताको जलविद्युत् उत्पादन हुने भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–८ सेराबाडामा ४२० मेगावाट क्षामताको तिला–२ जलविद्युत् आयोजना निर्माण हुने भएको हो । तिला–२ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत गृह (पावर हाउस) निर्माण, सुरुङलगायतका पूर्वाधार निर्माणका लागि शुक्रबार औपचारिक शिलान्यास गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›