भरुवा बन्दुकसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: ललितपुरमा नक्कली ५०० रुपैयाँका नोटसहित एक युवक पक्राउ
सर्लाहीको बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब १ सय ग्राम र फलामको छर्रा ८० थानसहित एक जना पक्राउ परेका छन् । बागमती नगरपालिका-२ सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित