नयाँ नेतृत्वसहित उद्योग व्यापार महासंघको आर्थिक सुधार एजेन्डा सार्वजनिक
▸ यस स्टोरीको अंश: लघुबीमाले न्यून आय भएका वर्गको जीवनस्तर रक्षा गर्ने: नेपाल बीमा प्राधिकरण
नेपाल उद्योग व्यापार महासंघले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा सक्रिय रहेको र उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी उद्योग संरक्षण तथा व्यापार विविधीकरणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जनाएको छ। चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट खिमनारायण पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको जानकारी दिँदै महासंघले आगामी दिनमा देशको आर्थिक समृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन तथा रोजगारी सिर्जनामा केन्द्रित भएर काम गर्ने जनाएको छ। महासंघले वर्तमान आर्थिक चुनौतीबाट साना तथा मझौला उद्योगी–व्यवसायीलाई उकास्न सहुलियतपूर्ण नीति, सहज वित्तीय पहुँच, कर प्रणाली सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग निरन्तर पहल गरिने उल्लेख गरेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित