सम्पादक किशोर श्रेष्ठमाथि गरिएको निगरानी र धम्कीप्रति महासंघको आपत्ति
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा गोरखा मिडिया नेटवर्कलाई १५ दिने सूचना, सामान लिलामको चेतावनी
नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिक र जनआस्था डटकमका प्रधान सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी बढाएको, धरपकडको प्रयास गरेको र विभिन्न व्यक्तिहरूबाट धम्की दिइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै सीधा प्रहार भएको उल्लेख गर्दै यसको कडा शब्दमा निन्दा गरिएको छ । महासंघले प्रेस विरोधी यस्ता गतिविधिहरू तत्काल सच्याउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›