काठमाडौँमा ११ औँ वातावरण साहित्य गोष्ठी हुँदै
▸ यस स्टोरीको अंश: गौरी तमुको 'सैँप्रोल' कविता कृति विमोचन गरिने
विश्व वातावरण दिवसको सन्दर्भमा नेपाली पर्या–साहित्य प्रतिष्ठानको आयोजना तथा साहित्यपोष्टको सहकार्यमा एघारौँ वातावरण साहित्य गोष्ठी यही जेठ २३ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा आयोजना हुने भएको छ। गोष्ठीमा डा. गीता त्रिपाठीद्वारा लिखित ‘पर्यावरणीय समालोचना सिद्धान्त र नेपाली कविता’ तथा ‘हरित हस्ताक्षर’ (पर्यावरणीय नारीवादी कवितासङ्ग्रह) कृतिको लोकार्पण गरिनेछ। गोष्ठीमार्फत वातावरण र साहित्यबीचको सम्बन्धलाई सुदृढ बनाउँदै जनचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›