उद्योगका लागि ४९ खर्ब ५२ अर्ब ६ करोड बराबरको लगानी स्वीकृत
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। देशमा स्वदेशी तथा विदेशी लगानी रहेका उद्योगका लागि २०८२ असारसम्म ४९ खर्ब ५२ अर्ब ६ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ। कुल स्वीकृत लगानीमध्ये उद्योग विभागबाट ३३ खर्ब ३७ अर्ब ८० करोड (६७.४ प्रतिशत) र लगानी बोर्ड नेपालबाट १६ खर्ब १४ अर्ब २६ करोड (३२.६ प्रतिशत) लगानी स्वीकृत भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित