माल्दिभ्समाथि नेपालकाे सोझो सेटमा जित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो। चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›