‘एभरेष्ट समिटर्स समिट–२०२६’ जेठ १३ मा काठमाडौंमा हुने
▸ यस स्टोरीको अंश: २६ देशका १७६ सगरमाथा आरोहीलाई काठमाडौंमा सम्मान
दोस्रो संस्करणको एभरेष्ट समिटर्स समिट–२०२६ यही जेठ १३ गते काठमाडौंमा आयोजना हुने भएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यस वर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिनेछ । एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले सगरमाथा आरोहीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›