सचिवालय बैठकमा ओलीलाई पृथ्वीसुब्बाको प्रश्न- ‘एमाले तपाईँको प्राइभेट कम्पनी हो ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका चार उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन् । भक्तपुरको गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनीहरूले फागुन २१ को चुनावी परिणामले पुनर्गठनको माग गरेको बताएका हुन् । अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्ने बताएका थिए । उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›