सरकारले बहुमतको दम्भमा संसद र प्रतिपक्षीको भुमिकालाई कमजोर बनाउन खोज्योः काँग्रेस
▸ यस स्टोरीको अंश: विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन लागेको आरोप लगाएको छ । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको पछिल्लो कार्यशैलीले संसदको गरिमा कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै संसद केवल संख्याको खेल नभई विचार, विमर्श, उत्तरदायित्व र सहमतिमा आधारित सर्वोच्च लोकतान्त्रिक संस्था भएको बताइन् । उनले प्रतिपक्षको अवरोधबीच पनि बहुमतको दम्भमा विधेयकहरु पारित भएको र प्रधानमन्त्री र मन्त्रीहरूको भूमिकाका कारण संसदीय समितिहरू समेत प्रभावकारी बन्न नसकेको आरोप लगाइन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित