राष्ट्रियसभा : सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग
▸ यस स्टोरीको अंश: राष्ट्रियसभामा सांसदहरूको सुकुम्बासी समस्या समाधानको माग
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरिन् । सांसद रेणु चन्दले सुकुम्बासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›