वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा पक्राउ पुर्जी जारी
वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक देशहरूमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कमल थापा र नितु घिमिरे रहेका छन्। थापाले बेलायत र रोमानिया पठाइदिने भन्दै ३ जनाबाट २७ लाख ५० हजार रुपैयाँ ठगी गरेको र घिमिरेले अमेरिका पठाइदिने प्रलोभनमा पारेर ३ जनाबाट २६ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›