निर्माणाधीन भोटेकोशी–५ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा साढे १२ करोडको सामुदायिक सहयोग कार्यक्रम

यस स्टोरीको अंश: कालीकोटमा ४२० मेगावाटको तिला २ जलविद्युत् आयोजनाको शिलान्यास
shilapatra.com · 1 हप्ता अघि

सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोशी–५ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा कानुनले तोकेको भन्दा बढी रकम सामुदायिक सहयोग कार्यक्रममार्फत खर्च गर्ने घोषणा गरेको छ । आयोजना निर्माण गरिरहेको कालिका जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका वडाहरूमा १२ करोड ४२ लाख रुपैयाँबराबरको सामुदायिक कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । आयोजनाको वातावरणीय अध्ययन (आईईई) प्रतिवेदनअनुसार सामुदायिक सहयोग कार्यक्रमका लागि कुल लागतको ०.७५ प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था भए पनि आयोजनाले १.४ प्रतिशतसम्म बजेट विनियोजन गर्ने घोषणा गरेको आयोजना संयोजक कमलकुमार श्रेष्ठले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू