हुरीले घर भत्किँदा महिलाको मृत्यु

यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु, प्रहरीले १० फरार व्यक्ति पक्राउ गर्‍यो
www.nepaljapan.com · 1 दिन अघि

रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको ज्यान गएको छ। उपचारका क्रममा उनको राति अस्पतालमा मृत्यु भएको हो। हुरीले घरको टायलको छानो र बासको बार भएको कच्ची घर भत्किँदा उनको मृत्यु भएको हो। यसैबीच, जिल्ला प्रहरी कार्यालयले सोमबार विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू