इन्जिनियरिङ विद्यार्थीका लागि इन्टर्नसिप सहकार्यमा त्रिवि र एयरबसबीच सम्झौता
▸ यस स्टोरीको अंश: एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेसमा मानव पुँजी विकासका लागि सम्झौता
त्रिभुवन विश्वविद्यालय र एयरबसबीच इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप अवसर उपलब्ध गराउने विषयमा सहमति भएको छ । सम्झौतामार्फत विशेष गरी एयरोस्पेस इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक अनुभव तथा पेशागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले नेपालमा नागरिक उड्डयन क्षेत्रको गुणस्तरीय विकासका लागि उक्त सहकार्यलाई प्रारम्भिक तथा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›