सूर्यविनायकले गुण्डुमा सुरु गर्‍यो घुम्ती हाट बजार

यस स्टोरीको अंश: सूर्यविनायक नगरपालिकाले गुण्डुमा घुम्ती हाट बजार सञ्चालन गर्‍यो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं-७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ। सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएका छन्। स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरी नगरपालिकाले घुम्ती हाटबजार सञ्चालन गरेको वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू