रुस भ्रमणबाट स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नेपाल
▸ यस स्टोरीको अंश: युक्रेनको संसदद्वारा युरोपेली सङ्घसँग ९० अर्ब युरो ऋण सम्झौता अनुमोदन
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फिर्ता भएका छन् । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन उनी यही जेठ ९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व परिवेशमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेका थिए । रुस भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री नेपालले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›