नगर उपप्रमुखको तलब–सुविधा सामाजिक कार्यमा
▸ यस स्टोरीको अंश: रवीन्द्र मिश्रले गगन थापालाई 'प्रचण्डपथ' हिँडेको आरोप लगाउँदै चेतावनी दिए
बागलुङ नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपछि राजु खड्काले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सेवा–सुविधा जनसेवामा लगाउने घोषणा गर्नुभएको थियो । चुनावी प्रतिबद्धतालाई उपप्रमुख बनेको आठ महिनामै कार्यान्वयन गर्नुभएका खड्काले प्राप्त तलब–सुविधा विद्यालयमा अक्षयकोष स्थापना देखि किरियापुत्री भवन निर्माणसम्मका काममा खर्च गर्दै आउनुभएको छ । खड्काले रामरेखा आधारभूत विद्यालयलाई एक लाख रुपियाँ, त्रिभुवन माध्यमिक विद्यालय पैयुँपाटालाई १ लाख रुपियाँ, सिगाना माध्यमिक विद्यालय लामिचौरलाई ४४ हजार रुपियाँ, विश्वकर्मा माध्यमिक विद्यालय कालीमाटीलाई ७५ हजार रुपियाँ, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखालाई ३५ हजार रुपियाँ तथा कृष्ण प्राथमिक विद्यालय सम्माचौरलाई ५० हजार रुपियाँ प्रदान गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित