कांग्रेसले गण्डकी र मधेश प्रदेशमा सदस्यता अद्यावधिक कार्यक्रम गर्ने
▸ यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी
नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गण्डकी र मधेश प्रदेशमा सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले सोमबार जारी गरेको विज्ञप्तिमा कार्यक्रम महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको उपस्थितिमा सञ्चालन हुने उल्लेख छ । यसअघि कर्णाली, लुम्बिनी, कोशी र बागमती प्रदेशमा सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित