दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

यस स्टोरीको अंश: प्रधानसेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरे
prasashan.com · 2 दिन अघि

प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् । संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ्न सो संस्थानलाई शुभकामना दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू