नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे दलहरूसँग छलफल गर्यो
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विकास साझेदार निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरिसकेको प्रदेश सरकारले शुक्रबार यहाँका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमाका सन्दर्भमा छलफल गरेको हो । छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणमा दलहरुको सुझाव लिने उद्देश्यले छलफल गरिएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›