४५ वटा दूरसञ्चार सेवा प्रदायकद्धारा ३५ करोड राजस्व छली आशंका
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: ४५ दूरसञ्चार सेवाप्रदायकले ३५ करोड रोयल्टी र जरिवाना तिरेनन्
४५ वटा दूरसञ्चार सेवा प्रदायकद्धारा ३५ करोड राजश्व छली गरेको आशंका उब्जिएको छ । महालेखाको ६३ प्रतिवेदनमा दूरसञ्चार नियामावली २०५४ को नियम २६ मा दूरसञ्चार सेवा प्रदान गर्न अनुमति प्राप्त व्यक्तिले वार्षिक ४ प्रतिशत रकम रोयाल्टीको रुपमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि नबुझाएको उल्लेख गरेको छ । महालेखाको प्रतिवेदन अनुसार २०८०/८१ मा विभिन्न ४५ वटा दूरसञ्चार सेवा प्रदायकबाट ८ अर्ब ८४ करोड २१ लाख रुपैयाँको ४ प्रतिशत राजस्वको ३५ करोड ३६ लाख ८४ हजार जरिवाना राजस्व असुलउपर गर्न भनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित