आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकारमा असर परेको मेयर्स फोरमको निष्कर्ष
▸ यस स्टोरीको अंश: मेयर्स फोरमद्वारा आइतबार विद्यालय बन्द गर्ने सरकारी निर्णयको विरोध, अधिकार हननको ठहर
उपत्यका मेयर्स फोरमले केन्द्र सरकारद्वारा आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णयले स्थानीय तहको संवैधानिक अधिकारमा असर परेको निष्कर्ष निकालेको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले उक्त निर्णय संविधान र शिक्षा ऐनको भावना विपरीत भएको ठहर गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार केन्द्र सरकारले राजपत्रमार्फत गरेको निर्णयले स्थानीय तहले अभ्यास गर्दै आएका शैक्षिक क्यालेन्डरमा प्रत्यक्ष असर पारेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›