बागमतीमा तीन दिन गणतन्त्र दिवस मनाइने
▸ यस स्टोरीको अंश: बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
बागमती प्रदेश सरकारले तीन दिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ। जेठ १३ देखि १५ गतेसम्म आयोजना हुने कार्यक्रमका लागि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। दिवसको अवसरमा निबन्ध प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर, वृक्षरोपण र पत्रकारलाई पुरस्कृत गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›