सूर्यवंशीको सानदार ब्याटिङमा राजस्थान क्वालिफायर ‘टु’ मा
▸ यस स्टोरीको अंश: वैभव सूर्यवंशीले तोडे क्रिस गेलको कीर्तिमान, आईपीएलमा एकै सिजनमा सर्वाधिक छक्का प्रहार
राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को क्वालिफायर टु मा स्थान बनाएको छ । न्यु चण्डीगढमा भएको एलिमिनेटर खेलमा राजस्थानले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १ सय ९६ रनमै अलआउट भयो । अब राजस्थानले फाइनल प्रवेशका लागि क्वालिफायर टु मा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेले ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›