कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त
▸ यस स्टोरीको अंश: कोशी प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा नियुक्त
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई नियुक्त गरेका छन्। प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्यमा विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई नियुक्त गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›