साताको पहिलो दिन सेयर बजार २७.८५ अंकले बढ्यो, पाँच अर्ब ९८ करोडमाथि कारोबार
साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन कुल कारोबार रकम पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँबराबरको एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच भएको छ । ३४२ कम्पनीको कारोबार भयो, जसमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी कमाउने पाँच कम्पनीमा थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, उपर हेवाखोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर, रिज लाइन इनर्जी रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›