हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन, खेतीयोग्य जग्गा र गोठ पुरियो
nepalnews.com · 1 हप्ता अघि

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको छ । पहिरोले वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पुरेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू