मदनका विचारको समानुकूल थप विस्तार र प्रयोग आवश्यक : विद्या भण्डारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीलाई विचार निर्माण गर्ने दूरदर्शी नेताको संज्ञा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारको समानुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन् । शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रम’मा उनले मदनका विचार वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताएकी हुन् । उनले मदनका विचारको गम्भीर अध्ययन, व्यापक बहस र समयानुकूल विकास गर्ने जिम्मेवारी युवाको काँधमा आएको उल्लेख गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित