सुकुमबासी बस्तीबाट हटाइएका १४ बालबालिकालाई आवाससहित नि:शुल्क अध्ययन
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टरका बालबालिकालाई आवासीयसहित निःशुल्क शिक्षाको व्यवस्था गर्योकाठमाण्डु महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित नि:शुल्क अध्ययनको व्यवस्था गरेको छ । महानगरले विभिन्न विद्यालय र अभिभावकबिच सम्झौता गरी बालबालिकालाई १० कक्षासम्म नि:शुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो । विद्यार्थीहरूको नि:शुल्क आवासीय अध्ययनका विषयमा विभिन्न ४ प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू आईतबारदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›