प्राविधिक मर्मतका कारण आज दिउँसोदेखि ट्राफिकको अनलाइन भुक्तानी सेवा अवरुद्ध हुँदै
▸ यस स्टोरीको अंश: प्राविधिक मर्मतसम्भारले ट्राफिक प्रहरीको अनलाइन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध
महालेखा नियन्त्रक कार्यालयको 'रेभेन्यु मेनेजमेन्ट इन्फर्मेशन सिस्टम' (RMIS) मा प्राविधिक मर्मत सम्भार भइरहेकाले ट्राफिक नियम उल्लङ्घनबापतको अनलाइन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेदेखि यो प्रणाली न्यूनतम ४ घण्टादेखि अधिकतम १४ घण्टासम्म बन्द रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›