आज शंखमुल र बुद्धनगर क्षेत्रमा ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
▸ यस स्टोरीको अंश: काठमाडौंको शंखमुल क्षेत्रमा भूमिगत कार्यले ५ घण्टा विद्युत् आपूर्ति बन्द
काठमाडौँ महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो पाँच घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित