प्रस्तावित प्रधानन्यायाधीश विरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । संसदीय सुनुवाइ समितिको मङ्गलवारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीहरूका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाएको हो । बैठकमा समिति सदस्यहरूलाई सम्बोधन गर्दै समिति सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन र वितरणका सम्बन्धमा जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित