ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

यस स्टोरीको अंश: ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण, प्रणाली सुदृढीकरणमा जोड
gorkhapatraonline.com · 4 दिन अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू