इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा
www.drishtinews.com · 2 दिन अघि

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो । बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान इन्दु बर्मा ४२ रनमा अविजित रहिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू