सरकारसँग स्थानीयको गुनासो : मेलम्चीको पानी आएन, जारको पानी फोहोर
▸ यस स्टोरीको अंश: शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने बताए
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएका सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए। उनले देश भरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित