लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनोटको सेमिफाइनलमा प्रवेश
लगातार दोस्रो जित निकाल्दै नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले बिहीबार मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध चार विकेटको जित निकालेको हो । इन्डोनेसियाले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालकी कप्तान इन्दु बर्माले अविजित ४२ रनको योगदान गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›