काठमाडौँमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना हुने

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
gorkhapatraonline.com · 13 घण्टा अघि

सरकारले काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू