विद्यार्थी संख्या घटेपछि गल्छीका ९ विद्यालय समायोजन, एउटा विद्यालयमा बालविकास कक्षा मात्रै सञ्चालन हुने
▸ यस स्टोरीको अंश: गल्छी गाउँपालिकाद्वारा विद्यार्थी संख्या घटेपछि ९ विद्यालय समायोजन
विद्यार्थी संख्या न्यून हुँदै गएपछि धादिङको गल्छी गाउँपालिकाले गाउँभित्रका विभिन्न विद्यालय तथा बालविकास केन्द्र समायोजन गर्ने निर्णय गरेको छ । गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै ९ वटा विद्यालय तथा बालविकास केन्द्रलाई अन्य विद्यालयमा गाभ्ने निर्णय गरेको हो । गाउँपालिकाले “सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७” अनुसार विद्यार्थी संख्या, शैक्षिक अवस्था र व्यवस्थापनको अवस्थालाई आधार बनाएर समायोजन प्रक्रिया अघि बढाइएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित