मधेस प्रदेश : मुख्यमन्त्री यादवले पाए विश्वासको मत

यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
nepalnews.com · 6 दिन अघि

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सरकारमा सहभागी रहेका जनमत पार्टीले सरकारसँग समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री यादवले प्रदेश सभामा आज विश्वासको मतका प्रस्ताव राखेका थिए। उनले राखेको प्रस्तावको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू