मधेस सरकारमा एमाले सहभागी, जसपाका मन्त्री बर्खास्त

यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
baahrakhari.com · 6 दिन अघि

मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । बिहीबार राति नेकपा एमालेबाट मोहमद समिरले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मधेस सरकारमा नयाँ सत्ता समीकरण बनेको छ । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र नेकपा गठबन्धनको सरकार बनेको छ। वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सरकारलाई जसपा र नेकपाले पनि समर्थन गरेका थिए । गएको वैशाख २३ गते जनमत पार्टी सरकारबाट समर्थन फिर्ता लिएका थियो । मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो १ बजे मधेस प्रदेश सभामा विश्वासको मत लिने तयारी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू