रसुवाको बेत्रावती बजारमा २ दिनमा ५७ हजार अमेरिकी डलर बरामद

यस स्टोरीको अंश: रसुवामा दुई दिनमा ५७ हजार अमेरिकी डलर बरामद, दुई पर्यटक गाइड पक्राउ
lokaantar.com · 3 दिन अघि

रसुवाको बेत्रावती बजारबाट प्रहरीले ५७ हजार अमेरिकी डलरसहित २ जनालाई पक्राउ गरेको छ । धादिङका सुशील गुरुङलाई ४३ हजार डलर र ओखलढुंगाका मीनबहादुर मगरलाई १४ हजार ५ सय डलरसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै पर्यटक गाइडको रूपमा काम गर्दै आएका थिए । उनीहरूसँग डलरको स्रोत खुल्ने कागजात नभएकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू