विश्वब्यापी रोबोटिक्समा नेपाली छात्रा प्रथम
▸ यस स्टोरीको अंश: चीनले एआई इन्जिनियरहरूको विदेश भ्रमणमा प्रतिबन्ध लगायो, रेड्मी प्याड २ नेपाली बजारमा
अमेरिकामा जन्मिएकी नेपाली मूलकी छात्रा एन्जल भण्डारीले विश्व रोबोटिक्स क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छन् । अमेरिकाको नेब्रास्कास्थित ब्रोनेल टलबोट स्कुलकी छात्रा एन्जल र उहाँको टोलीले सन् २०२६ को प्रतिष्ठित भिआइएक्स रोवोटिक्स विश्व च्याम्पियनसिप जितेको हो । अमेरिकाको सेन्ट लुईसमा सम्पन्न प्रतियोगितामा विश्वभरका सात हजारभन्दा बढी टोली सहभागी भएका थिए । यस्तो उच्चस्तरीय प्रतिस्पर्धामा एन्जलको टोलीले अपराजित २३–० को ऐतिहासिक प्रदर्शन गर्दै विश्व कीर्तिमानसहित उपाधि जितेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›