हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा नीति र कर प्रणाली सुधारको प्रतिबद्धता, लगानी सम्मेलनको तयारी
ehimalayatimes.com · 3 दिन अघि

गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो । आमनागरिकको जिउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको पनि जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू