ईयूका गैरआवासीय राजदूतहरूसँग प्रधानमन्त्री बालेनले के भने ?
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताए । नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार प्रकट गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित