शपथ ग्रहण बहिष्कार गरेकी सपना प्रधान मल्ल २० दिन बिदामा
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको लामो बिदामा बसेकी छन् । आफूभन्दा कनिष्ठ न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरिएपछि उनी नेतृत्वप्रति असन्तुष्ट बनेकी थिइन् । नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले मंगलबार संसदीय सुनुवाइको प्रक्रिया पूरा गरी सोही दिन नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेर कार्यभार सम्हालिसकेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›