सनपाट खेतीतर्फ किसानकाे आकर्षण घट्दै
▸ यस स्टोरीको अंश: महोत्तरीमा पशुपालन घट्दा र प्लास्टिकका डोरीको प्रयोग बढ्दा सनपाट खेती मासिँदै
केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाट खेतीमा लाग्ने गरेका थिए। अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ। किसानका गोठमा पशु वस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन्। विगतमा पशु वस्तु बाँध्न, डुलाउन मात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको प्रयोग हुने गरेको थियो।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›