श्री बाल व्यवसायी केन्द्र मा. वि. मा लिफ्ट जडान : दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीहरुको सबै कक्षा कोठामा पहुँच
▸ यस स्टोरीको अंश: शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अधिकृत कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम आयोजना गर्दै
काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफलमा रहेको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । श्रवण–दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका शारीरिक, दृष्टिविहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा वहुअपाङ्गता भएका, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने यस विद्यालयका सबै कक्षा कोठामा सबै विद्यार्थीको पहुँच पुर्याउन काठमाडौँ महानगरपालिकाले अनुदान रकम दिएर लिफ्ट जडान गरिदिएको हो । यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›